निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ – Himalayan Dainik

निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ


निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ

काठमाडौँ –  ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी

छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।प्रदेश सभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । प्रतिनिधिसभातर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेश सभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ । न्युज कारखाना