फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना – Himalayan Dainik

फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना


फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ ।

घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ ।

वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरीले जनाएको छ ।

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एकहजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ ।