जनतासँग चार घण्टा टेलिफोन संवादमा उत्साहित ओली – Himalayan Dainik

जनतासँग चार घण्टा टेलिफोन संवादमा उत्साहित ओली


जनतासँग चार घण्टा टेलिफोन संवादमा उत्साहित ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतासँग चार घण्टा टेलिफोन संवाद गरेका छन । अध्यक्ष ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गरेका हुन । उनले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिए ।

जनतासँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए । सोही क्रममा टिपाएकामध्ये गोलाप्रथाबाट नाम छनोट गरी ओलीले टेलिफोन गरी संवाद गरेका हुन । संवादको क्रममा ओलीले आसन्न निर्वाचनको सन्दर्भमा जनतासँग सुझाव लिएका हुन ।

अध्यक्ष ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म नाम र नम्बर टिपाएका थिए । ‘तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु ‘, ओलीले फेसबुकमा लेखेका छन ।

टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गरेका हुन । सुझावका क्रममा उनलाई थरिथरिका सुझाव दिएका छन ।