दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु – Himalayan Dainik

दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु


दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौँ – दाङमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान माछा पोखरीमा डुबेर तुलसीपुर उपमहानगरपालिका १७ का ३५ वर्षीय कमल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै खेतमा रहेको माछा पोखरीमा डुबेर चौधरीको ज्यान गएको हो ।

साथै चौधरीलाई छारे रोगसमेत रहेको अनुमान गरिएको प्रहरीको भनाइ छ ।