चलचित्र महापुरुष हेर्ने ओलिको इच्छा – Himalayan Dainik

चलचित्र महापुरुष हेर्ने ओलिको इच्छा


चलचित्र महापुरुष हेर्ने ओलिको इच्छा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई महापुरुष चलचित्र हेर्ने इच्छा रहेको जनाएका छन्।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनय रहको चलचित्रको कार्तिक ११ देखि देशभर प्रदर्शनमा आउँदैछ।

सोही चलचित्रको सफलताको शुभकामना दिँदै ,ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको प्रशंसा गर्दै भनेका छन्, मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।’