करेन्ट लागेर दाङमा युवकको ज्यान गयो – Himalayan Dainik

करेन्ट लागेर दाङमा युवकको ज्यान गयो


करेन्ट लागेर दाङमा युवकको ज्यान गयो

काठमाडौँ – करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा केसीलाई करेन्ट लागेको हो ।