दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी – Himalayan Dainik

दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी


दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न सात बुँदे निर्देशन दिएको छ।

आयोगले बुधबार निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेका कानुनअनुसार, कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जारी गरेको निर्देशनमा आचारसंहिताविपरीत काम भएमा उम्मेदवारी खारेजसम्मको सजाय गरिने उल्लेख गरिएको छ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने गरेको पाइएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो।