काठमाडौंका उम्मेदवारले सबैभन्दा कम खर्च गर्नुपर्ने – Himalayan Dainik

काठमाडौंका उम्मेदवारले सबैभन्दा कम खर्च गर्नुपर्ने


काठमाडौंका उम्मेदवारले सबैभन्दा कम खर्च  गर्नुपर्ने

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धी खर्च निर्धारण गरेको हो ।

देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो । आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।