ललितपुरमा सत्ता गठबन्धनको कार्यकर्ता भेला, देउवा, दाहाल र नेपालले सम्बोधन गर्ने – Himalayan Dainik

ललितपुरमा सत्ता गठबन्धनको कार्यकर्ता भेला, देउवा, दाहाल र नेपालले सम्बोधन गर्ने


ललितपुरमा सत्ता गठबन्धनको कार्यकर्ता भेला, देउवा, दाहाल र नेपालले सम्बोधन गर्ने

काठमाडौँ — सत्ता गठबन्धनले मंगलबार ललितपुरमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । आसन्न चुनावको लागि गठबन्धन गरेका दलहरुले ललितपुरमा पहिलो पटक उम्मेदवारहरुसहितको अगुवा कार्यकर्ता भेला आयोजना गरेका हुन् ।

वाम-लोकतान्त्रिक गठबन्धन बनेपछि चुनावलाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरिएको कांग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले जानकारी दिए ।

भेलालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गठबन्धनका नेताहरुले आइतबार काठमाडौं-२ मा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

ललितपुरमा तीन निर्वाचन क्षेत्र छन् । गठबन्धनबाट क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा, २ मा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा उर्जामन्त्री एवम् माओवादी केन्द्रकी नेता पम्फा भुसाल उम्मेदवार छन् ।