व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु : उद्योगपति चौधरी – Himalayan Dainik

व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु : उद्योगपति चौधरी


व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु : उद्योगपति चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी–१ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित गर्दै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा पुगेको उनले बताउने गरेका छन् ।

अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ६५ वर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँ बिकास गर्छु भनेर आएको छु, व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुने विश्वास म मा छ, उनले भने।

अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेर आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ । उनले भने विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।

कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारे जसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चौधरी बताउँछन् । एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ ।

नवलपरासी–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका चौधरीको जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीसँग मुख्य प्रतिस्पर्धा हुने भएको छ ।