मानवशास्त्री ओम गुरुङको निधन – Himalayan Dainik

मानवशास्त्री ओम गुरुङको निधन


मानवशास्त्री ओम गुरुङको निधन

काठमाडौँ — नेपाल जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ । ६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

अस्पतालमा १:४५ बजे निधन भएको गुरुङका सहकर्मी मन खत्रीले बताए । उहाँमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको हो, खत्रीले भने, आइतबार उहाँलाई अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । आज १ बजेर ४५ मिनेटमा निधन भयो ।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।