प्याराग्लाइडिङ खेलाडी निशिमको अन्त्येष्टि – Himalayan Dainik

प्याराग्लाइडिङ खेलाडी निशिमको अन्त्येष्टि


प्याराग्लाइडिङ खेलाडी निशिमको अन्त्येष्टि

काठमाडौँ – पोखरा प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो ।

गोरखा घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्याराग्लाइडिङबाट उडान गरिरहेका थापा एक्कासी जमिनमा खस्न पुगेका थिए ।