गुल्मीको मदानेमा ७२ वर्षका वृद्धले लिए नागरिकता – Himalayan Dainik

गुल्मीको मदानेमा ७२ वर्षका वृद्धले लिए नागरिकता


गुल्मीको मदानेमा ७२ वर्षका वृद्धले लिए नागरिकता

काठमाडौ – गुल्मीको मदाने गाउँपालिका– १ अग्लुङका चित्रबहादुर बोहराले ७२ वर्षको उमेरमा नागरिकता लिएका छन् ।

बोहरालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता प्रदान गरेका हुन् । उनले अहिलेसम्म नागरिकताको काम नपरेकाले नबनाएको बताए । प्रहरीसँग डर लाग्ने भएकाले नागरिकता बनाउन नआएको उनले बताए ।

नागरिकता पाएपछि अब बोहराले वृद्ध भत्ता पनि पाउनेछन् । बोहोराको नागरिकता बनाउन वडाअध्यक्ष सुशील चन्दले लिएर आएका थिए ।