प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन – Himalayan Dainik

प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन


प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन।

सोमवार आज ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा बोल्दै उहाँले प्रहरीका सबै सङ्गठनलाई सूचना प्रविधिमैत्री बनाएर अघि बढ्न आवश्यक भएको बताएका हुन ।

उनले नेपाल प्रहरीलाई आउँदो दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताए । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता भएको देउवाले बताए ।

उनले भने , ‘नेपाल प्रहरीलाई आउँदो दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु । आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न हुनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले आउँदो चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी चुनावलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।