उम्मेदवार जिताउने गरी खट्न तरूण दललाई देउवाको निर्देशन – Himalayan Dainik

उम्मेदवार जिताउने गरी खट्न तरूण दललाई देउवाको निर्देशन


उम्मेदवार जिताउने गरी खट्न तरूण दललाई देउवाको निर्देशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तयारीका लागि परिचालन हुन भ्रातृ संस्था नेपाल तरूण दललाई निर्देशन दिएका छन्।

तरूण दल अध्यक्ष विद्वान गुरूङसँग आज बिहान बालुवाटारमा भएको भेटमा सभापति देउवाले उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका हुन्।

भेटमा अध्यक्ष गुरूङले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरूण शक्ति परिचालन गरिने बताएका थिए।

उनले तरूण दलले जिल्लास्थित कार्यसमितिहरूसँग समन्वय गरी निर्वाचन केन्द्रित कार्यक्रममा होमिने बताएका थिए।

सभापति देउवाले तरूण दललाई चुनावमा केन्द्रित भई गाउँ-गाउँ जान र उम्मेदवारलाई जिताउन भूमिका खेल्न आग्रह गरेका थिए।