सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो – Himalayan Dainik

सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो


सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो

काठमाडौं – शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।

डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ तीन हप्ता पुगिसकेको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ ।