गुल्मीमा कांग्रेसका ४ जनाले उम्मेदवारी फिर्ता लिए – Himalayan Dainik

गुल्मीमा कांग्रेसका ४ जनाले उम्मेदवारी फिर्ता लिए


गुल्मीमा कांग्रेसका ४ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ – गुल्मीमा नेपाली कांग्रेका चार जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाको क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउएका कमल भुसालले उम्मेदवारी फिर्ता लिएका हुन ।

त्यसैगरी उम्मेदवारी फिर्ता लिनेहरूमा क्षेत्र नं. १ अन्तर्गत (क) प्रदेश सभा सदस्यका उम्मेदवार किरण शाह र १ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिएका हुन।

गुल्मीको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका नरेन्द्र अर्यालले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज शिवबहादुर थापाले जानकारी दिए । उनीहरुले निर्धारित समयभित्र आज बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन ।
चारै जनाले वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए ।