प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट – Himalayan Dainik

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट


प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन् ।

राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन् ।