‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव – Himalayan Dainik

‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव


‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव

विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले कफ सिरप औषधिले स्वास्थ्यमा गम्भीर खालको असर पुर्‍याई बालबालिकाको मृत्यु भएको हुनसक्ने औंल्याएको हो ।

भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकालाई खुवाउने रुघाखोकीको सो औषधि सेवनपछि ती बालबालिकाको मृत्यु भएको हुन सक्ने जनाएको छ । डब्लुएचओले प्रयोग नगर्न भनेको औषधिमा कोफ्याक्समेलिन बेबी सिरप, प्रोम्याथेजिन ओरल सलुसन, मेकअफ बेबी कफ सिरफ र मेगरिप एन्ड कोल्ड सिरप छन् ।

६६ जना कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदय विदारक रहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयसले बताएका छन् ।

यसैबीच औषधि व्यवस्था विभागले ती चार खालका औषधि नेपालमा दर्ता भएका छैनन् भने विक्री वितरण पनि भएको पाइएको छैन ।