११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ – Himalayan Dainik

११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ


११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ

काठमाडौँ – ११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन । भक्तपुरको सुर्यविनायक नगरपालिका – २ बालकोटमा डेरा गरी बस्ने ति बालिकालाई गएराति उनकै डेरामा गएर नुवाकोट घर भएका ३५ वर्षीय रामबहादुर सुनारले बलात्कार गरेका हुन ।

आरोपी सुनारलाई प्रहरीले पक्राउ गरिसकेको छ । बालिकाको स्वास्थ्य परिक्षण गराइसकेको र आरोपी सुनारमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।