हुम्ला : हवाई उद्धार हुन नसक्दा गर्भवतीको ज्यान गयो – Himalayan Dainik

हुम्ला : हवाई उद्धार हुन नसक्दा गर्भवतीको ज्यान गयो


हुम्ला : हवाई उद्धार हुन नसक्दा गर्भवतीको ज्यान गयो

काठमाण्डौ – हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गएको छ ।

अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहोराले बताइन । खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर हुम्ला पुग्न नसकेपछि उद्धार हुन सकेन ।

उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो ।