पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई – Himalayan Dainik

पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई


पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई

काठमाण्डौ – यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा यो पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गरेका हुन । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ।

गएको वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । लाखौँ मानिसलाई आँखाको ज्योति प्रदान गर्नुहुने नेत्र चिकित्सक डा रुइतलाई यो पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गरे ।