कांग्रेसमा सिट बाँडफाँड : देउवा ५६, कोइराला २४, अन्यलाई २० प्रतिशत – Himalayan Dainik

कांग्रेसमा सिट बाँडफाँड : देउवा ५६, कोइराला २४, अन्यलाई २० प्रतिशत


कांग्रेसमा सिट बाँडफाँड : देउवा ५६, कोइराला २४, अन्यलाई २० प्रतिशत

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता नेतृत्व गरेको मुख्य दल नेपाली कांग्रेसबाट विभिन्न ६ गुटका ९१ नेताले टिकट पाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदा डा। शेखर कोइराला नेतृत्वको इतर पक्षले असन्तुष्टि जनाउँदै विद्रोहको चेतावनी दिएपछि देउवाले बन्दसूची सच्याउँदै आयोगमा पेश मात्रै गरेनन्, प्रत्यतर्फको सिट भागबण्डामा पार्टीभित्रका ६ गुटलाई मिलाउँदै उम्मेदवार बनाए ।

कांग्रेसले आगामी निर्वाचनमा सत्तामा रहेका नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकिकृत समाजवादी० तथा सत्ता बाहिर रहेका लोकतान्त्रिक समादवादी पार्टी ९लोसपा० र राष्ट्रिय जनमोर्चासहितको चुनावी तालमेल गरेको छ । यी दलबीच तालमेल हुँदा पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कूल १६५ सिटमध्ये कांग्रसले ९१ सिट पाएको हो ।

कांग्रेसको भागमा परेको सिटमा संस्थापन पक्षले ५१ जनालाई टिकट दिएको छ । यो कांग्रेसले पाएको कूल सिट संख्या ९१ को ५६ प्रतिशत हो । यसैगरी, इतर समूहको नेतृत्व गरेका शेखर समूहले २२ सिट पाएको छ । सो सिट संख्या कूल सिट संख्याको २४ प्रतिशत हो । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले ६, प्रकाशमान सिंह समूहले ५, रामचन्द्र पौडेल समूहले ४ र शशांक कोइराला समूहले ३ सिट पाएको छ । यी चारै समूहले गरी पार्टीले प्राप्त गरेको कूल सिट संख्याको २० प्रतिशत हिस्सा पाएका छन् ।