राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण – Himalayan Dainik

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण


राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अस्वस्थ भएर तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना पुष्टी भएको उपचारमा संलग्न चिकित्सक वरिष्ठ फिजिसियन डाक्टर निरज बमले जानकारी दिए।

ज्वरो आएकोले डेंगु संक्रमण भएको अनुमान गरेपनि परीक्षण गरे पनि डेंगु नेगेटिभ आएको थियो। ज्वरो नघटेपछि उनको कोरोना जाँच गरिएको थियो। हाल अस्पतालमा राष्ट्रपति भण्डारीको उपचारमा डाक्टर बम सहितको टिमले उपचार गरिरहेका छन्। उनको अवस्था सामान्य रहेको बमले बताए।

हाल उनलाई शिक्षण अस्पतालको एनएक्स २ वार्डको ६०१ नम्बर बेडमा राखेर उपचार भइरहेको छ।