नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु – Himalayan Dainik

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु


नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

काठमाडौं – नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ । दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो ।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको कार्यालयले दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको विज्ञप्तिमा जानकारी दिएको छ ।

८५ जना यात्रु लिएर गएको डुङ्गा दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो । बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ । त्यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।