प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिनेको संख्या ५ हजार ९ सय ३८ – Himalayan Dainik

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिनेको संख्या ५ हजार ९ सय ३८


प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिनेको संख्या ५ हजार ९ सय ३८

काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ ।

विभिन्न जिल्लाबाट आएका पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा २ हजार ५ सय २ र प्रदेशसभामा ३ हजार ४ सय ३६ जना गरी ५ हजार ९ सय ३८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभातर्फ २ हजार २ सय ६९ पुरुष र २ सय ३३ महिलाको उम्मेदवारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै प्रदेश सभातर्फ ३ हजार १ सय ३९ पुरुष र २ सय ९६ महिलाको उम्मेदवारी परेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।