कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै – Himalayan Dainik

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै


कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं – शुक्रबार देशभर ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा २५३५ जनामा गरिएको परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो।

आज १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ९ जना आइसियुमा ३६ जना संस्थागत आइसोलेशनमा र ९६८ जना होम आइसोलेशनमा रहेका छन्।

यस्तै काठमाडौं उपत्यकामा पनि कोभिडका संक्रमित घट्दै गएका छन्। हाल काठमाडौंमा ४१४ जना ललितपुरमा १२६ र भक्तपुरमा १८ जना संक्रमित रहेका छन्।