दशैँको अवसरमा सानिमा बैंकको विशेष छुट अफर – Himalayan Dainik

दशैँको अवसरमा सानिमा बैंकको विशेष छुट अफर


दशैँको अवसरमा सानिमा बैंकको विशेष छुट अफर

काठमाण्डौ – सानिमा बैंकले नेपालीहरुको महान चाड बडादशैँ र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्मको छुट प्रदान गरिने छ ।

यो योजना २०७९ असोज १६ गतेदेखि २२ गतेसम्म र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।

बैंकका १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा एटीएम संचालनमा रहेका छन् ।