राष्ट्रपतिले इच्छुकलाई टीका लगाइदिने – Himalayan Dainik

राष्ट्रपतिले इच्छुकलाई टीका लगाइदिने


राष्ट्रपतिले इच्छुकलाई टीका लगाइदिने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उक्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म इच्छुक सम्माननीयहरू, माननीय मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ ।

त्यस्तै अपराह्न ३ बजेदखि ५ बजेसम्म इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैँको टीका लगाउन सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।