रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै – Himalayan Dainik

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै


रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै

एजेन्सी – रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।
राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जनमत सङ्ग्रहको कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन गर्न नसक्ने बताएका छन ।

अमेरिका, युरोपेली सङ्घलगाय पश्चिमा शक्तिले क्राइमियाको जस्तै यो पटकको जनमत सङ्ग्रहलाई पनि अवैधानिक घोषणा गरिसकेका छन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी भू–भागमा गरेको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पारे ।