पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटौँ टी–२० क्रिकेट आज – Himalayan Dainik

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटौँ टी–२० क्रिकेट आज


पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटौँ टी–२० क्रिकेट आज

काठमाण्डौ – पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटौँ टी–२० क्रिकेट आज हुँदैछ । खेल लाहोरमा बेलुका सवा ८ बजे सुरु हुनेछ । यसअघि भएका पाँच खेलमा तीन खेल जितेको पाकिस्तानले शृङ्खलामा ३–२ को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ भने पराजित भएमा इङ्ग्ल्यान्डले ३–३ को बराबरी गर्नेछ ।

पहिलो र तेस्रो खेलमा इङ्ग्ल्यान्ड विजयी हुँदा दोस्रो, चौथो र पाँचौँ खेलमा पाकिस्तान विजयी भएको थियो । यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । सातौँ तथा अन्तिम खेल आइतवार हुनेछ । इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो ।

इङ्ग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।