एमालेले बन्दसूची हेरफेर गर्ने: थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई – Himalayan Dainik

एमालेले बन्दसूची हेरफेर गर्ने: थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई


एमालेले बन्दसूची हेरफेर गर्ने: थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौँ – नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ ।

सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ । यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। एमालेले बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको जनाएको छ । २१ वा २२ गते अर्को बैठक बसेर प्रत्यक्ष तर्फका उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।