रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित – Himalayan Dainik

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित


रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।