फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक – Himalayan Dainik

फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक


फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक

काठमाडौँ – दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्लको मित्रतालाई प्रस्तुत गरिएको छ। उनीहरूलाई तस्करको रुपमा देखाइएको छ।

कमेडी जनराको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक लामाले नै तयार पारेका हुन्।

फिल्ममा सौगातको जोडी उपासना र दयाहाङको जोडीको रुपमा उगेनलाई देख्न सकिन्छ। भुटानी अभिनेत्री उगेन यो डेब्यू नेपाली फिल्म हो।

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा मिठु तामाङ्नी रहेकी छिन्। सुशान्त प्रजापतिको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

यो फिल्म असोज २१ गतेदेखि प्रदर्शन हुँदैछ।