देउवाले एकलौटी गरेको भन्दै शेखर समूह धर्नामा – Himalayan Dainik

देउवाले एकलौटी गरेको भन्दै शेखर समूह धर्नामा


देउवाले एकलौटी गरेको भन्दै शेखर समूह धर्नामा

काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना दिने भएको छ। पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो धर्नाको कार्यक्रम आयोजना गरिएको सो समूहका एक नेताले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापनइतरको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

यसअघि मंगलबार कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले पार्टीभित्रको सहमतिबाटै बन्दसूचीमा नाम पठाइएको बताएका थिए ।

आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो।