सप्तरीमा ६ जना जनप्रतिनिधिले मात्र बुझाए खर्च विवरण – Himalayan Dainik

सप्तरीमा ६ जना जनप्रतिनिधिले मात्र बुझाए खर्च विवरण


सप्तरीमा ६ जना जनप्रतिनिधिले मात्र बुझाए खर्च विवरण

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा चुनाव खर्च विवरण समयमा नबुझाएपछि निर्वाचन आयोगले गरेको जरिवानामा सप्तरीका अधिकांश निर्वाचित प्रमुख र उप–प्रमुखहरुको पनि नाम परेका छन् । सोही अनुसार वडाध्यक्ष र वडा सदस्यहरु पनि जरिवाना नबुझाएको सूचीमा परेका छन् ।

सप्तरीमा १८ वटा स्थानिय तह मध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छन् । निर्वाचन आयोगले जारी गरेको सूचीअनुसार ९ वटा नगरपालिका मध्ये बोदेबर्साइन नगरपालिका नगर प्रमुख आतेशकुमार सिंह यादव र उप–प्रमुख रेणुकुमारी साह, खडग नगरपालिकाकाका नगर प्रमुख जयप्रकाश चौधरी र हनुमाननगर कंकालिनी नगरपालिकाकी उप–प्रमुख सरिता सिपलिया यादवले मात्र समयमा खर्च विवरण बुझाएका छन् ।

यसैगरी ९ वटा गाउँपालिका मध्ये महदेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल र छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादवले मात्र तोकिएको समयमा निर्वाचन खर्च बुझाएका छन् ।

यी बाहेक सबै स्थानीय तहका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले चुनाव खर्च विवरण समयमा नबुझाएपछि निर्वाचन आयोगले जरिवाना तोकेको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बताए ।