मंसिर ९ देखि नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने – Himalayan Dainik

मंसिर ९ देखि नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने


मंसिर ९ देखि नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौं – आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाट बाहिरी परिसरमा पनि मञ्चन हुनेछन्।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन्। पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताए। उनले अबको जिम्मेवारी आफूहरुको नै रहेकोले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताए।

उनले आफू सामाजिक रुपमा तयार रहेको भएपनि आर्थिक रुपमा कठिनाइ रहेको बताए। त्यस्तै निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। उनले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरूको साझा महोत्सवको रुपमा लिनुपर्ने बताए।

यस वर्ष सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सवु भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ।