दसैँ बिदामा पनि बन्दीको रिट हेर्न सर्वोच्च अदालत खुला रहने – Himalayan Dainik

दसैँ बिदामा पनि बन्दीको रिट हेर्न सर्वोच्च अदालत खुला रहने


दसैँ बिदामा पनि बन्दीको रिट हेर्न सर्वोच्च अदालत खुला रहने

काठमाडौँ – घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो ।

घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ ।