उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारबाही – Himalayan Dainik

उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारबाही


उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् ।

यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारबाही गरेको कार्यालयले जनाएको छ ।