हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास – Himalayan Dainik

हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास


हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास

काठमाडौं – हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास गरिएको छ । मोरु गणेशस्थान नजिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सम्पदामार्गको शिलान्यास गरेका हुन् ।

हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ ।

मन्त्री श्रेष्ठले कार्यकाल सम्हाल्दै गर्दा हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणसम्बन्धी काम गर्ने पहिलो निर्णय गरेका थिए ।