‘नालापानीुको टिजर ‘सार्वजनिक – Himalayan Dainik

‘नालापानीुको टिजर ‘सार्वजनिक


‘नालापानीुको टिजर ‘सार्वजनिक

काठमाडौं – आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ।

टिजरमा ब्याकग्राउण्ड स्कोर र युद्धका सिन जबर्जस्त छ। रिमेश अधिकारी निर्देशित फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको हो। चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’ को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।