हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक-५’ यसकारण छ उत्कृष्ट – Himalayan Dainik

हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक-५’ यसकारण छ उत्कृष्ट


हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक-५’ यसकारण छ उत्कृष्ट

काठमाडौं – समिट एअरका सिनियर क्याप्टेन युग ढुंगानालाई गाडीको प्राविधिक पक्षमा धेरै ज्ञान छ । उनले धेरै अध्ययन गरेर मात्रै गाडी खरिद गर्छन् । विद्युतीय गाडीमा उनको विशेष रुची छ । विद्युतीय गाडीहरुको सवल पक्षलाई नजिकबाट बुझेका ढुंगानाले हुन्डाईको आयोनिक–५ खरिद गरी गुडाई रहेका छन् । हुन्डाईको इभी शोरुम थापाथलीबाट उनले गत वैशाखमा आयोनिक–५ खरिद गरेका हुन् ।

हालसम्म उनको गाडी ३ हजार किलोमिटर गुडिसकेको छ । आयोनिक–५ किनेको १० दिनमा उनी काठमाडौंबाट पोखरासम्म पुगे । काठमाडौंमा यात्रा सुरु गर्दा उनको गाडीमा ९० प्रतिशत चार्ज थियो । पोखरा पुग्दा ४० प्रतिशत चार्ज बाँकी नै रहेको उनले सुनाए । फर्किने क्रममा सय प्रतिशत चार्ज गरेर उनी काठमाडौं आए । काठमाडौं आउने बाटो धेरै ठाउँमा उकालोसमेत छ । ५ जनाको परिवारसहित काठमाडौं आउँदा उनको गाडीमा ४९ प्रतिशत चार्ज बाँकी नै थियो । ‘मलाई आयोनिक–५ को रेन्ज निकै राम्रो लाग्यो । म यो गाडी चलाउँदा निकै सन्तुष्ट छु,’ उनले भने ।

उनले गाडीको ग्राउण्ड क्लियरेन्स समेत २० एमएम बढाएका छन् । १६० बाट उनको गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम पुगेको छ । ‘काठमाडौं पोखरामा बाटो मर्मत कार्य भएकाले धेरै ठाउँमा खाल्डाखुल्डी छन् । तर सडकमा कहीँ पनि छोएन,’ उनले भने । रियलह्विल मोटर भएकाले गाडीको पिकअप आफूलाई राम्रो लागेको उनले बताए ।

ढुंगाना मात्रै होइन नेपाली सडकमा आयोनिक–५ गुडाउने सबै ग्राहक पूर्ण सन्तुष्ट रहेको हुन्डाई शोरुम इन्चार्ज शाहिल शाहको भनाइ छ । ‘यो गाडी नेपाली बाटो सुहाउँदो छ, धेरै राम्रो विशेषताहरुले सुसज्जित छ,’ उनले भने ।

नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरुवात गरेपछि धेरैको रोजाईमा परेको छ । भविष्य उन्मुख डिजाइनका कारण आयोनिक–५ विश्वभरमा चर्चामा रहेको मोडल पनि हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनका साथ यसलाई बनाइएको छ । हुण्डाईको आयोनिक–५ ले बेष्ट कारका रुपमा वल्र्ड कार अवार्ड प्राप्त गरिसकेको छ । कारले वल्र्ड कार अफ द इयर, वल्र्ड इलेक्ट्रिक भेइकल अफ द इयर, वल्र्ड कार डिजाइन अफ द इयर जस्ता अवार्ड प्राप्त गर्न सफल भएको छ । इको, नर्मल र स्पोर्टस् गरी ३ मोडमा गाडी चलाउन सकिन्छ । वल्र्डक्लास इन्टेरियर डिजाइनले गाडीलाई थप आकर्षित बनाएको छ ।

नेपालमा पछिल्लो समय सरकारले पनि विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छ । देशभर चार्जिङ स्टेसन लगायतका पूर्वाधार बनिरहेका छन् । हुन्डाइले मात्रै देशभरका मुख्य शहर र राजमार्गमा गरी ४० ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । नेपाली बजारमा इभीप्रति ग्राहकको आकर्षण बढिरहेको र पूर्वाधारको विकासले इभीप्रति ग्राहकको विश्वास पनि बढिरहेको बताउँछन् लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ एण्ड कम्युनिकेशन हेड सन्दीप शर्मा । ‘हुन्डाईले इभीलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको छ,’ उनले भने, ‘आयोनिक–५ प्रति धेरैको चासो बढिरहेको छ ।’

वर्तमान समयमा विश्वमा इलेक्ट्रिक भेइकलप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आएको छ भने ग्राहकको आकर्षण बढ्न थालेको छ । आयोनिक-५ को युनिक डिजाइन र प्रविधिका कारण पनि यसप्रति आकर्षण बढेको कम्पनीको दावी छ । वातावरण मैत्री यस कार दीगो स्रोत र सामग्रीको प्रयोग गरेर बनाइएको छ । सिटमा इको प्रोसेस्ड लेदर प्रयोग गरिएको छ । डिजाइन अत्याधुनिक र आकर्षक छ । अत्याधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट प्रफमेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीको दावी छ ।

हुण्डाइको रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चरमा निर्माण भएको आयोनिक-५ मा रियल ह्विल ड्राइभ सिस्टम छ । ड्यास वोड, स्विच, स्टेयरिङ, ह्विल र ढोकामा विभिन्न विरुवाका तेल प्रयोग गरिएको छ । कारमा सोलार वा भिजन रुफ, मेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, ब्लाइन्ड स्पट भ्यू मोनिटर तथा भाइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता फिचर छन् । ३५० किलोवाटको चार्जरका साथ अल्ट्रा फास्ट चार्जिङ रहेकाले यस कार १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । ५ मिनेट गाडी चार्ज गर्दा १ सय किलोमिटरको यात्रा गर्न सकिन्छ ।

V2L फंसनले ३.६ किलोवाट पावर आपूर्ति गर्नसक्छ । यो पोर्ट पछाडिका सिटमुनि छ । अर्को V2Lपोर्ट गाडीको चार्जिङ पोर्टमा हुन्छ । कन्भर्टर प्रयोग गरेर ग्राहकले उच्च शक्तिको विद्युतीय चार्ज गर्नपनि सक्छन् ।

आयोनिक-५ को मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ रहेको छ । झण्डै ३ करोड रुपैयाँ पर्ने पेट्रोल र डिजेल गाडीमा पाइने प्रविधि तथा सुविधा यो गाडीमा उपलब्ध छन् । आयोनिक–५ मा भएको टेक्नोलोजीको तुलनामा मूल्य निकै सस्तो मान्न सकिन्छ ।

नेपाली बजारमा आयोनिक-५ सँगै हुन्डाईको विद्युतीय गाडी कोना पनि बिक्री भइरहेको छ । कोना २ वटा मोडलमा उपलब्ध छ । कोनाको जिएल मोडलको मूल्य ६० लाख ५६ हजार रुपैयाँ र कोना जिएलएसको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ रहेको छ । हुन्डाईले दसैं तिहार लगायतका पर्वलाई लक्षित गरी ल्याएको अफरले गाडीहरु विशेष छुटमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले थापाथलीमा विद्युतीय गाडीमात्रै बिक्री गर्ने गरी शोरुमसमेत स्थापना गरिसकेको छ । इलेक्ट्रिक कार किन्ने ग्राहकलाई उक्त शोरुमले प्रिमियर एक्सपेरियन्स प्रदान गर्न सफल भएको शाह बताउँछन् । ‘हामीले हुन्डाईको इभी गाडीको प्रवद्र्धनसँगै इभीको प्रविधि र इभी कल्चरलाई पनि प्रचारप्रसार गरिरहेका छौं,’ उनले भने ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहहकलाई सेवा दिइरहेको छ । हुण्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्यमा पर्न सफल छ भने उत्कृष्ट भेहिकल उत्पादन गरि विश्वका करोडौं ग्राहकको मन जित्न सफल छ ।

नाडा इभी एक्स्पोमा हुन्डाई

यसैबीच, नाडाद्वारा आयोजित इभी एक्स्पोमा हुन्डाई गाडी प्रदर्शनीमा राखिने भएको छ । स्टल नम्बर ‘ए टु’मा हुन्डाईका विद्युतीय गाडी अवलोकन गर्न सकिनेछ । नाडा इभी एक्स्पो असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा हुँदैछ ।