अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार नियुक्त – Himalayan Dainik

अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार नियुक्त


अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार नियुक्त

काठमाडौं – प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् ।
काठमाडौ विश्वविद्यालय ऐनको दफा १५९१० अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।

वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।