राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा .गौतम – Himalayan Dainik

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा .गौतम


राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा .गौतम

काठमाडौं – राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनले डा .गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघका निवर्तमान अध्यक्ष डा .सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा .रणजितकुमार झा, डा .नवीन पोखरेल र डा .रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी संघको महासचिवमा डा .पुष्पमणि खराल, कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवमा डा .मिलन गैरे, डा. छवि पन्थी र डा. क्रिष्टिना श्रेष्ठ रहेका छन् ।

सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ । केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ । यस्तै प्रदेश १ मा डा. प्रमोद बराल, मधेसमा डा. महेश महासेठ, बागमती प्रदेशमा डा. जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा. सागर न्यौपाने, कर्णाली प्रदेशमा डा .कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा . निरज अर्याल र काठमाडौं उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष डा. गौतमले चिकित्सकको हकहित र संगठन विस्तारको काम गर्ने बताए । अहिले संघका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन् । उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा संगठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्‍याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए । संघमा देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ ।