आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने – Himalayan Dainik

आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने


आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने

काठमाडौँ –  वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ ।

स्थानीय तहको चुनावमा उम्मेदवार बनेका १ लाख १४ हजार ९ सय ५८ जना उम्मेदवारले अझैसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन् । त्यसैगरी ८ हजार ६ सय ६६ जनाले आयोगले तोकेको समयपछि निर्वाचन खर्च विवरण बुझाएका छन् । खर्च विवरण नबुझाएका र तोकिएको समयभन्दा पछाडि खर्च बुझाउने १ लाख २३ हजार ६ सय २४ जनालाई निर्वाचनसम्बन्धी कानुन तथा आचार संहिता बमोजिम कारबाही गर्ने भएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।