जापानमा ठुलो आँधीको चेतावनी जारी , २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न मौसम विभागको आग्रह – Himalayan Dainik

जापानमा ठुलो आँधीको चेतावनी जारी , २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न मौसम विभागको आग्रह


जापानमा ठुलो आँधीको चेतावनी जारी , २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न मौसम विभागको आग्रह

एजेन्सी –  जापानमा ठूलो आँधीको चेतावनी जारी गरिएको छ । ‘नानमाडोल’ नामक आँधी जापानतर्फ बढेको छ । त्यहाँको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न भनेको छ ।

विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ । ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।

आँधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढीरपहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ । पहिरो र बाढीको जोखिमबाट बच्न आँधी आउनुअघि नै बासिन्दालाई घरबाहिर निस्कन आग्रह गरिएको छ ।