प्रधानमन्त्रीद्वारा नवौं खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक – Himalayan Dainik

प्रधानमन्त्रीद्वारा नवौं खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक


प्रधानमन्त्रीद्वारा नवौं खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री र राखेप सदस्य सचिवको उपस्थित रहेको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका छ ।