प्रतिनिधिसभाबाट तीन विधेयक पारित, शनिवार अन्तिम बैठक – Himalayan Dainik

प्रतिनिधिसभाबाट तीन विधेयक पारित, शनिवार अन्तिम बैठक


प्रतिनिधिसभाबाट तीन विधेयक पारित, शनिवार अन्तिम बैठक

काठमाडौँ – प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो ।

सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो । शनिवार मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिन लागेकाले सो बैठक अन्तिम हुने भएको हो ।