प्राधिकरणले भन्यो–अपरिचितको म्यासेज लिंक नखोल्नू - Himalayan Dainik

प्राधिकरणले भन्यो–अपरिचितको म्यासेज लिंक नखोल्नू


प्राधिकरणले भन्यो–अपरिचितको म्यासेज लिंक नखोल्नू

काठमाडौँ  – नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिनेक्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ ।
प्राधिकरणले सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, ह्वाट्सएप र वीच्याट लगायतका एपमार्फत आउने अपरिचितको म्यासेज लिंक नखोल्ने भनेको छ । ‘राष्ट्रिय झण्डा तथा प्राधिकरण र सेवाप्रदायकको लोगो दूरुपयोग गरेर पुरस्कार परेको भन्दै म्यासेज आउनेक्रम बढ्दो छ,’ प्राधिकरणले भनेको छ, ‘यसरी प्रलोभनमा पार्नेगरी अपरिचितको सम्पर्कमा पुगेर आफ्नो विवरण नपठाउनुहोस् ।’

आफ्नो नाम, नम्बर र बैंक एकाउन्ट नम्बर पठाउँदा उपभोक्ता ठगिनेक्रम बढेको प्राधिकरणको भनाइ छ । सोहीकारण, सामाजिक सञ्जालमा अपरिचित व्यक्तीहरूले पठाउने लिंक नखोल्न र आफ्नो विवरण नपठाउन प्राधिकरणले अनुरोध गरेको हो ।