चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फिर्ता – Himalayan Dainik

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फिर्ता


चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फिर्ता

काठमाडौं –  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज स्वदेश फर्किएका छन ।

उनी केहीबेर अघि विशेष विमानबाट स्वदेश फर्किएका हुन । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्तामा व्यस्त भए । नेता लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

भ्रमणको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा र अध्यक्ष लीबीच संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोग सम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।